कोशी


विराटनगर बाल सुधार गृहमा झडप, एकजना घाइते, केही बालक भागेको आशंका

विराटनगर बाल सुधार गृहमा झडप, एकजना घाइते, केही बालक भागेको आशंका

नेपालखबर
साउन २८, २०८२ बुधबार १४:५७, विराटनगर

विराटनगरस्थित बाल सुधार गृहमा प्रहरी र बालबालिकाबीच झडप भएको छ। स्थिति नियन्त्रणमा लिनका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

प्राप्त जानकारी अनुसार, सुधारगृहका केही बालबालिकाले सुर्ति सेवन गरिरहेको आशंकामा प्रहरीले चेकजाँच थालेपछि विवाद सुरु भएको हो। विवाद क्रमशः झडपमा परिणत भएको सुधारगृहका प्रमुख गायत्रीप्रसाद ढकालले जानकारी दिएका छन्।

झडपका क्रममा सुधारगृहका बालबालिकाको आक्रमणबाट एक जना प्रहरी घाइते भएका छन्। घाइते प्रहरीलाई तत्काल उपचारका लागि कोशी अस्पताल लगिएको छ। यद्यपि अन्य बालबालिकाहरू अझै पनि सुधारगृहभित्रै रहेर होहल्ला गरिरहेका छन्।

सुरक्षा अवस्था नियन्त्रणमा लिन चारवटै सुरक्षा निकायका प्रमुखहरू घटनास्थलमा पुगेका छन्। बाल सुधार गृहमा तनाव बढेपछि थप प्रहरी बल परिचालन गरिएको छ।

सुधार प्रशासनले १८ वर्ष नाघेका केही युवाहरूले वातावरण बिगारेको आरोप लगाएको छ। हाल सुधारगृहमा १२ देखि ३२ वर्ष उमेर समूहका २४९ जना राखिएका छन्, जबकि सुधारगृहको क्षमता ५० जनाको हो। क्षमताभन्दा धेरै बालबालिका राखिएकाले व्यवस्थापनमा थप चुनौती आएको अधिकारीहरूको भनाइ छ।

केही बालकहरू झडपको क्रममा भागेको आशंका पनि गरिएको छ। यद्यपि यो पुष्टि भइसकेको छैन। मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले घटनाबारे अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।

उनका अनुसार, केहीबेर लफडा भए पनि अहिले अवस्था नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ।

यद्यपी प्रमुख जिल्ला अधिकारी यादवले भागेको अनुमान गरिएको भएपनि गणना गर्दा सबै बाल बिज्याईँ गर्नेहरु भित्रै रहेको बताए।

उनले भने, ‘बाल सुधार गृह बिराटनगरमा रहेका २४९ सबै बाल बिज्याईंकर्ताहरू सबै जना सुधार गृहमा मौजूद रहेका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad