कोशी


दमकमा बसले ठक्कर दिँदा साइकलमा सवार व्यक्तिको मृत्यु

दमकमा बसले ठक्कर दिँदा साइकलमा सवार व्यक्तिको मृत्यु

नेपालखबर
साउन १०, २०८२ शनिबार ९:४१, विराटनगर

झापाको दमक नगरपालिका-४ स्थित चियाबगान क्षेत्रनजिकै पूर्वपश्चिम राजमार्गमा आज बिहान बसले साइकललाई ठक्कर दिँदा ६० वर्षका पुरुषको मृत्यु भएको छ। 

प्रहरीका अनुसार बिहान ६:४५ बजेतिर उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको प्रदेश नं. १–०१–००१ ख ४३६३ नम्बरको बसले दमकबाट ताराबारीतर्फ जाँदै गरेका साइकललाई ठक्कर दिँदा साइकलमा सवार दमक–४ घरघरे निवासी ६० वर्षीय सोमबहादुर विक गम्भीर घाइते भएका थिए। 

दमक अस्पताल लगिएका उनलाई उपचारका क्रममा बिहान ७:२८ बजे चिकित्सकले मृत घोषणा गरेकाे प्रहरीले जनाएको छ। शव त्यही अस्पतालमा छ।

ठक्कर दिएको बस र चालक मकवानपुर, हेटौँडा उपमहानगरपालिका–७ निवासी ४७ वर्षीय राजेन्द्र गौतमलाई इलाका प्रहरी कार्यालय (दमक) ले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad