कोशी


झापामा खोलामा डुबेर ८० वर्षीय वृद्धको मृत्यु

झापामा खोलामा डुबेर ८० वर्षीय वृद्धको मृत्यु

सांकेतिक फोटो


नेपालखबर
साउन २, २०८२ शुक्रबार २१:१२, विराटनगर

झापाको हल्दिवारी गाउँपालिका–५ चारघरेमा घाँस काट्न गएका एक वृद्धको खोलामा डुबेर ज्यान गएको छ।

मृत्यु हुनेमा सोही ठाउँका ८० वर्षीय भीमबहादुर बिष्ट रहेका छन्। बिष्ट शुक्रबार दिउँसो घाँस काट्न गएका थिए।

घाँस काटी फर्कने क्रममा भुतेनी खोलाको डिलमा लडेर पानीमा डुब्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

मृतकको छोराले दिउँसो ४:२० बजे शव खोलाबाट निकालेर किनारमा राखी प्रहरीलाई खबर गरेका थिए। घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतको टोली घटनास्थलमा खटिएको थियो।

प्रहरीका अनुसार सबै कानुनी प्रक्रिया पूरा गरी साँझ ६:४० बजे मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, भद्रपुर पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad