कोशी


विराटनगरमा लुटपाट प्रकरण: डेढ लाखसहित थप एकजना पक्राउ

विराटनगरमा लुटपाट प्रकरण: डेढ लाखसहित थप एकजना पक्राउ

पछिल्लोपटक पक्राउ परेका कुशल पाण्डे


नेपालखबर
असार १९, २०८२ बिहिबार १३:४२, विराटनगर

विराटनगरमा केही दिनअघि प्रहरी हुँ भन्दै युवकलाई बन्धक बनाएर ३ लाख ६४ हजार रुपैयाँ लुटेको घटनामा संलग्न आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार डकैती गरिएको नगद १ लाख ५० हजारसहित विराटनगर-११ का २५ वर्षीय कुशल पाण्डेलाई पक्राउ गरिएको हो। 

साथै उनका साथबाट रकम लुट्ने बेला लगाएको कालो ट्र्याकसुटसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

यसअघि उक्त लुटपाटमा संलग्न आरोपमा प्रहरीले विराटनगर-८ का २४ वर्षीय समिर हुसेन र विराटनगर-६ का २७ वर्षीय आशिफ अन्सारीलाई पक्राउ गरिसकेको छ।

पक्राउ परेका २ जना

साथै उनीहरूले प्रयोग गरेका को १४ प ३३३० नम्बरको स्कुटर पनि प्रहरीले जफत गरेको छ। 

यही असार ११ गते विराटनगर-१५ का २० वर्षीय विक्रमकुमार साह तेली बैंकमा जम्मा गर्न भनी ३ लाख ६४ हजार रुपैयाँ बोकेर सिटी सफारीमा जाँदै गर्दा विराटनगर-१३ रानीस्थित राइस मिल छेउमा रातो स्कुटरमा आएका उनीहरूले रकम लुटेको आरोप छ। 

जाहेरीमा पीडितले ती तीन जनाले आफूहरू प्रहरी भएको भन्दै आफू चढेको सिटी सफारी रोक्न लगाई विराटनगर–१४ स्थित एकान्त ठाउँमा पुर्‍याई धम्क्याएर पैसा लुटेको तथ्य प्रहरी अनुसन्धानबाट खुलेको डीएसपी हस्तबहादुर सुनारले बताए। 

पछिल्लोपटक पक्राउ परेका कुशल पाण्डे यसअघि पनि ज्यान मार्ने उद्योग र अभद्र व्यवहारसम्बन्धी मुद्दामा मुछिएका व्यक्ति भएको उनले बताए। 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad