कोशी


५० वर्षीया महिलामाथि जबर्जस्ती करणी, आरोपित पक्राउ

५० वर्षीया महिलामाथि जबर्जस्ती करणी, आरोपित पक्राउ

नेपालखबर
असार १०, २०८२ मंगलबार १७:४०, विराटनगर

धनकुटा जिल्लामा ५० वर्षीया महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार, असार ८ गते राति करिब ११ बजेको समयमा धनकुटा नगरपालिका–८ सान्ताङका ५२ वर्षीय खड्गबहादुर राईले महिला घरमै सुतिरहेको अवस्थामा जबर्जस्ती करणी गरेको उजुरी परेको थियो।

राईले रातको समयमा महिलाको घरमा प्रवेश गरी साथमा बोकेको खुकुरी देखाई डरत्रास सिर्जना गर्दै पीडितको मुख थुनी करणी गरेको भन्ने उजुरी दर्ता भएको प्रहरीले जनाएको छ। 

घटनाको जानकारी प्राप्त भएपछि तत्काल प्रहरी टोली खटिएको र सोही दिन साँझ करिब ५ बजे धनकुटा नगरपालिका–७ स्थित बजार क्षेत्रबाट  राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

हाल राईमाथि जबर्जस्ती करणी कसूर अन्तर्गत आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad