कोशी


इजरायलबाट स्थलमार्ग हुँदै जोर्डन पुगेका विराटनगरका मेयर आज फर्किँदै

इजरायलबाट स्थलमार्ग हुँदै जोर्डन पुगेका विराटनगरका मेयर आज फर्किँदै

नेपालखबर
असार ५, २०८२ बिहिबार १५:३२, विराटनगर

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला विभिन्न सहरी विकास, सहकारी प्रणाली र कृषि प्रविधिको अध्ययनका लागि इजरायल भ्रमण सकेर बिहीबार स्वदेश फर्किँदै छन्।

इजरायल सरकारको निमन्त्रणामा जेठ २६ गते अध्ययन भ्रमणका लागि इजरायल प्रस्थान गरेका मेयर कोइराला इजरायल–इरानबीचको युद्ध तनावका कारण उत्पन्न असहज परिस्थितिमा परेका थिए।

युद्धका कारण इजरायलको विमानस्थल बन्द भएपछि कोइरालाको स्वदेश फिर्ती प्रभावित भएको थियो।

असहज परिस्थितिमा मेयर कोइराला स्थलमार्ग प्रयोग गर्दै जोर्डन पुगेका थिए।

त्यहाँबाट हवाईमार्ग हुँदै कुवेत, भारतको मुम्बई र नयाँदिल्ली हुँदै कोइराला आज दिउँसो साढे ४ बजे काठमाडौं आइपुग्ने मेयरका प्रेस सल्लाहकार मिनकुमार श्रेष्ठले जानकारी दिए।

प्रेस सल्लाहकार श्रेष्ठका अनुसार, काठमाडौंबाट साँझ ६ः५ बजे बुद्ध एयरको उडानमार्फत मेयर कोइराला विराटनगर फर्किने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad