कोशी


कोसी प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा पेस

कोसी प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा पेस

नेपालखबर
असार १, २०८२ आइतबार १६:५, विराटनगर

कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट कोसी प्रदेश सभामा पेस गरेको छ।

कोसी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरले आगामी आर्थिक वर्षको आय र व्ययको अनुमान प्रस्तुत गरेका हुन्।

ऊर्जा, स्वदेशी लगानी, प्रदेशको कुल गृहस्थ उत्पादनमा योगदान पुग्ने गरी बजेट ल्याइएको बजेटमा ४ प्रतिशत आर्थिक वृद्धिदर रहेको जानकारी लक्ष्य लिएको छ। 

मन्त्री मगरले पेस गरेको बजेटमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३को  बजेटमा१ अर्ब ५० करोड रकम बितिय हस्तान्तरण गर्ने भएको छ।

सशर्त अनुदान तर्फ स्थानीय तहलाई १ अर्ब ६० करोड ७२ लाख उपलब्ध गराउने प्रस्ताव गरेको छ। त्यस्तै पूर्वाधार सम्बन्धी आयोजना कार्यान्वायन गर्न स्थानीय तहलाई १ अर्ब ६० करोड समपुरक अनुदान उपलब्ध गराउने प्रस्ताव गरिएको छ।

राजश्व बाँडफाँड तर्फ स्थानीय तहमा १ अर्ब १० करोड रकम हस्तान्तरण हुने अनुमान आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रस्तुत गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad