कोशी


मोरङमा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान्-श्रीमतीको मृत्यु

मोरङमा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान्-श्रीमतीको मृत्यु

घटनास्थल


नेपालखबर
जेठ ३१, २०८२ शनिबार १३:९, विराटनगर

मोरङमा माछा मार्ने क्रममा करेन्ट लागेर पति-पत्नीको मृत्यु भएको छ।

मोरङको सुन्दरहरैँचा नगरपालिका ७ गोठगाउँ मदेलीमा करेन्ट लगाएर माछा मार्ने क्रममा स्थानीय दम्पती पूर्णबहादुर लिम्बू र फूलमाया लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

शनिबार बिहान बिजुलीको पोलमा विद्युत् हुक गरी खोलामा विद्युत् प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान्–श्रीमतीको नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन्।

मृतक पूर्णबहादुर ५८ वर्षका थिए भने श्रीमती फूलमाया ५२ वर्षकी थिइन्। 

गाउँकै मदेली खोलाको पुलमुनि विद्युत् प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको डीएसपी चुँडालले जानकारी दिइन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad