कोशी


चिनियाँ राजदूत छन् सोङ बिर्तामोडमा, विकासमा सहयोग गर्ने प्रतिबद्धता

चिनियाँ राजदूत छन् सोङ बिर्तामोडमा, विकासमा सहयोग गर्ने प्रतिबद्धता

नेपालखबर
जेठ ३०, २०८२ शुक्रबार १७:२४, बिर्तामोड

चिनियाँ राजदूत छन् सोङले बिर्तामोडको विकासका लागि सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन्। शुक्रवार  बिहान बिर्तामोड नगरपालिकामा भेटघाट कार्यक्रममा सरिक हुँदै सोङले सहयोगका लागि प्रतिबद्धता जनाए।

चिनियाँ दूतावासबाट प्राप्त योजनाहरूको उद्घाटन तथा विद्यार्थीहरूलाई शैक्षिक सामग्री र छात्रवृत्ति वितरणका लागि राजदूत सोङ केही दिन अघि झापा आएका छन्। झापा र इलामको कार्यक्रम सकेर फर्किने क्रममा उनले  बिर्तामोड नगरपालिकामा स्वागत तथा सम्मान गरिएको थियो।

नगर प्रमुख पवित्रा महतारा प्रसाईँले राजदूत सोङलाई कार्यालयमा स्वागत सम्मान गर्दै बिर्तामोडको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा भएको प्रगति र हालको अवस्थाको बारेमा जानकारी गराएकी थिइन्।

राजदूत सोङले यसअघि चिनियाँ राजदूतावासको सहयोगमा निर्मित बिर्तामोड– ८ स्थित शुक्रराज आधारभूत विद्यालयको २ तले भवनको उद्घाटन, बिर्तामोड ९ मा रहेको देवकोटा आधारभूत विद्यालयका लागि नयाँ भवनको शिलान्यास गरेका थिए।

उनले वडा नम्बर ९ मा रहेको दुर्गा माध्यमिक विद्यालयका ४ सय जना विद्यार्थीलाई स्टेशनरीसहित ब्याग वितरण गरे साथै दुर्गा मा।वि, शुक्रराज आ।वि र देवकोटा आ।वि।का १०।१० जना विद्यार्थीलाई जनही १० हजार रुपैयाँको दरले छात्रवृत्ति प्रदान गरिएको थियो।

भेटघाट तथा स्वागत सम्मान कार्यक्रममा नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरी, राष्ट्रिय सभाका पूर्व सदस्य हरिचरण सिवाकोटी, नेकपा एमाले क्षेत्र नम्बर २ का संयोजक बद्री भट्टराई, नेकपा एमाले बिर्तामोड नगर कमिटी इन्चार्ज अमिर लिङ्देन, नगर अध्यक्ष सुवास भट्टराई, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, वडाध्यक्ष, कार्यपालिका सदस्य लगायतको उपस्थिति रहेका थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad