उदयपुरबाट एक हजार एक सय किलो गाँजा सहित दुई महिलालाई पक्राउ परेका छन्। प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजा सहित दुई महिलालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा चौदण्डी गढी १ रानीटारका वर्ष ४१ कि रत्न माया श्रेष्ठको घरबाट ३५ बोरा गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।
३५ वटा बोरामा लुकाई छिपाइ राखिएको प्रतिबन्धित लागुऔषध गाँजा एक हजार एक सय ४३ किलोग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक हरिहर नाथ योगीले जानकारी दिए।
घरमा लुकाई छिपाई राखेको उक्त गाँजा सहित घरधनी रत्न माया श्रेष्ठ र सोही स्थान बस्ने अन्दाजी वर्ष ४२ की कमला श्रेष्ठको प्रहरीको नियन्त्रणमा रहेको उनले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको संयुक्त टोलीले चौदण्डी गढी नगरपालिका १ रानीटारबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
Shares

प्रतिक्रिया