कोशी


८९० किलो गाँजा बोकेको गाडीसहित एक जना प्रहरी नियन्त्रणमा

८९० किलो गाँजा बोकेको गाडीसहित एक जना प्रहरी नियन्त्रणमा

नेपालखबर
जेठ १०, २०८२ शनिबार १६:३७, विराटनगर

धनकुटाको साँघुरीगढीबाट पिकअप गाडीसहित एक जना पक्राउ परेका छन्। 

धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नम्बर २ सेलिङस्थित मोरङको सिमानाबाट शनिबाार बिहान पिकअपमा लोड भएको गाँजासहित मानिस नियन्त्रणमा लिएको हो। 

प्रहरी चौकी ओख्रेले बोलेरो पिकअपमा लोड भएको २९ बोराभित्र ८९० केजी लागु औषध गाँजासहित साँगुरीगढी गाउँपालिका वडा नम्बर २, बुढी मोरङका १९ वर्षीय उल्लास लिम्बूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। 

धनकुटाको बुढी मोरङबाट मोरङको केराबारीतर्फ गाँजा ओसारपसार भइरहेको सूचनाको  प्र १-०२-००२ च ५२३८ नम्बरको पिकअपसहित गाँजा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

गाडीका चालक भने ड्युटीमा रहेका प्रहरी जवान सञ्जय कुमार थारुलाई धकेलेर लडाई हामफाली जंगलतर्फ भागेको प्रहरीले जनाएको छ। प्रहरी जवान थारुको लडेर अनुहार तथा शरीरका विभिन्न भागमा चोट लागेर घाइते भएका छन्। 

सोही क्रममा प्रहरीले  को २९ प ९६३५ नम्बरको पल्सर मोटरसाइकल तथा ४ थान मोबाइल फोनसमेत बरामद बरामद गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad