नेपाली कांग्रेस कोसी प्रदेश सभा संसदीय दलका नेता उद्धव थापाले सिमानामा २ किलो चिनी पक्राउ गर्ने काम सुरक्षा निकायले गरेको भन्दै असन्तुष्टि जनाएका छन्।
किसानले ल्याएको १० किलो मल, २ किलो चिनी, २ थान कमिज तथा साडी ल्याउँदा पक्राउ गर्ने काम ठिक नभएको उनले बताए।
केरिङको नाममा भइरहेको तस्करीलाई रोक्ने मात्रै हो भने राजश्वको लक्ष्य पुरा हुने थापाको दाबी छ।
कोसी प्रदेश सभाको सातौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै थापाले सरकारलाई खबरदारी सबै दलहरूले गर्नु पर्ने तर राम्रा कामलाई राम्रो भन्न सक्नु पर्नेमा जोड दिए।
सरकारले लगानी सम्मेलन गरेर लगानीको वातावरण बनाएको, कोसीमा पर्यटन वर्ष घोषणा गरेर पर्यटकीय गतिविधिहरू भइरहेकोले यस्ता कुरालाई राम्रो समेत भन्न दलहरूले कञ्जुस्याँई गर्न नहुने बताए।
111
Shares

प्रतिक्रिया