कोशी


धनकुटा बस दुर्घटना अपडेट– उपचारको क्रममा चालकको पनि मृत्यु

धनकुटा बस दुर्घटना अपडेट– उपचारको क्रममा चालकको पनि मृत्यु

नेपालखबर
बैशाख २२, २०८२ सोमबार २२:४, विराटनगर

धनकुटामा आज बिहान भएको बस दुर्घटनामा ज्यान जानेको संख्या दुई पुगेको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका बसका चालक  सुनसरीको धरान उपमनपा १३ बस्ने वर्ष ५१ को रुद्र तामाङको साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुटाले जनाएको छ। 

गम्भीर अबस्थामा रहेका चालक तामाङको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा साँझ मृत्यु भएको हो।  

धनकुटा नगरपालिका– ६ कि ७३ वर्षीया कृष्ण कुमारी राई (भुजेल) को विहान दुर्घटनामा परेर ज्यान गएको थियो।

धरानबाट भोजपुरतर्फ जाँदै गरेको को १ ख २१ ७७ नम्बरको बस सोमबार बिहान धनकुटा नगरपालिका– ६ मा दुर्घटनामा परेको थियो। 

दुर्घटनामा घाइते भएकामध्ये थप तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अन्य १२ जनाको उपचार भईरहेको प्रहरीले जनाएको छ। 

उकालो चढ्ने क्रममा एयर पाइप फुटेर ब्रेक नलाग्दा बस दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad