उदयपुरमा स्कार्पियो गाडी अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
चितवनबाट झापातर्फ जाँदै गरेको मे १ च ३०४० नम्बरको स्कार्पियो गाडी उदयपुरको कटारीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
प्रहरीका अनुसार आज दिउँसो झन्डै साढे ४ बजेतिर मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं ६ सोमबारेमा स्कर्पियो दुर्घटना भएको हो।
आफैँ अनियन्त्रित भएको स्कारपियो सडक साईडमा लगाएको फलामको ट्रष्ट बेरियरमा ठक्कर खाई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा स्कारपियोमा सवार झापाको दमक नगरपालिका वडा नं। ३ बस्ने बर्ष ५५ को माधब बस्नेतको ज्यान गएको छ। उनको प्रादेशिक अस्पताल कटारी उपचारको क्रममा मृत्यु भएको हो।
घाइतेहरूमा सवारी चालक दमक नगरपालिका वडा नं ९ बस्ने वर्ष ३८ को देबेन्द्र तामाङ, दमक नगरपालिका १० बस्ने वर्ष ४९ को राजेन्द्र प्रसाद भण्डारी, दमक १ बस्ने वर्ष ४५ को ज्ञानेन्द्र गौतम, दमक नगरपालिका ६ बस्ने वर्ष ५४ को कमल श्रेष्ठ, दमक २ बस्ने वर्ष ३८ को नबिन खतिवडा र गौरादह नगरपालिका १ बस्ने वर्ष ५४ को भुवन दाहालको प्रादेशिक अस्पताल कटारी उदयपुरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक कमल बजगाईले जानकारी दिए।
Shares

प्रतिक्रिया