कोशी


सार्वजनिक यातायात : १३ जनाको परीक्षण गर्दा ६ जनाले लागु पदार्थ सेवन गरेको पुष्टि

सार्वजनिक यातायात : १३ जनाको परीक्षण गर्दा ६ जनाले लागु पदार्थ सेवन गरेको पुष्टि

नेपालखबर
चैत १२, २०८१ मंगलबार २१:५०, विराटनगर

कोसी प्रदेशमा सार्वजनिक सवारीका चालक तथा मजदुरहरूले  लागूपदार्थ सेवन गर्ने गरेको यस अघिको तथ्यलाई फेरि पुष्टि गरेको छ। 

१३ जनामा गरिएको स्वास्थ्य परीक्षण गर्दा ६ जनामा लागु पदार्थ सेवन गरेको फेला परेको पाइएको हो।  

जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले स्वास्थ्य परीक्षण शिविर राखेर सार्वजनिक सवारीका चालक, सहचालक तथा मजदुरहरूमा लागूपदार्थ सेवन बारेमा रेकर्ड राखेको हो। स्वास्थ्य चेकजाँचका क्रममा १३ जनाको लागूपदार्थ  सेवन परिक्षण गरिएकोमा  ६ जनाले लागु औषध प्रयोग गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

परीक्षणको क्रममा लागु औषध सेवन पुष्टि भएका व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर थप अनुसन्धान अगाडी बढाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक वीरेन्द्र सिंह थापाले जानकारी दिए।

पछिल्लो समय यातायात मजदुर तथा चालकहरूमा लागू औषध सेवन गर्ने प्रवृत्ति बढ्दै गएको निष्कर्ष निकाल्दै, सुरक्षित यातायात व्यवस्थापनका लागि स्वास्थ्य परीक्षण तथा निगरानी अभियान सुरु गरिएको थापाले जानकारी दिए।

स्वास्थ्य परीक्षणको क्रममा सवारी चालक, यातायात मजदुर र सर्वसाधारण गरी एक सय १३ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। विशेष गरी आँखाको जाँच, उच्च रक्तचाप मापन तथा लागू औषध परीक्षण गरिएको थियो। कार्यक्रमलाई खनार प्रहरी चौकी, ट्राफिक प्रहरी खनार तथा सिआरभि प्रहरीले सहजीकरण गरेको थियो। 

सडक सुरक्षाको सुदृढीकरण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन स्वास्थ्य परीक्षणलाई सबै सहरमा लैजाने ट्राफिक प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad