कोशी


एमाले मोरङको मतगणना : ओली पक्षका ओझालाई पछि पार्दै इतर समूहका राईको अग्रता

एमाले मोरङको मतगणना : ओली पक्षका ओझालाई पछि पार्दै इतर समूहका राईको अग्रता

नेपालखबर
फागुन २३, २०८१ शुक्रबार १५:४५, विराटनगर

नेकपा एमाले मोरङको नयाँ नेतृत्वको लागि  बुधवार भएको चुनावको मतगणना जारी छ। अहिलेसम्मको मतगणनामा संस्थापन पक्षीय सबै नेताहरूको समर्थन मिलेको प्यानललाई पछि पार्दै इतर समूहले अग्रता कायमै राखेको छ। 

६८० मतगणना गरिसक्दा अध्यक्षसहित चार जना पदाधिकारीमा नेता विनोद ढकाल नेतृत्वको प्यानलले अग्रता कायमै राखेको छ। अध्यक्षका लागि ढकालको प्यानलबाट मैदानमा रहेका अजम्बर राईले अहिलेसम्म ३३२ मत ल्याएका छन्। 

उता अध्यक्ष केपी शर्मा ओलीसहितको साथ पाएका राजकुमार ओझा ३२१ मतसहित पछ्याउँदै छन्।

उपाध्यक्ष पदमा ढकाल प्यानलका सागर थापाले ३२० मत पाउँदा उनीसँग प्रतिस्पर्धामा रहेकी संस्थापन पक्षीय शान्तिकुमारी लिम्बूले ३०५ मत ल्याएकी छन्।

उता सचिव पदमा ढकाल पक्षीय सोमराज थापाले ३४७ मत ल्याएका छन्। उनीसँग प्रतिस्पर्धामा रहेका संस्थापन पक्षीय रविन थापाले २८६ मत पाएका छन्।

उपसचिव पदमा ढकाल पक्षीय सन्तोष बान्तवाले ३७० मत ल्याउँदा संस्थापन पक्षीय इर्जालाल राजवंशी २४६ मत पाएका छन्।

उपसचिवमा भने झिनो मतान्तर छ। संस्थापन पक्षीय शिल्पा निराला कार्कीले ३२३ मत पाएकी छन भने ढकाल पक्षकी उषा झाले ३०८ मत पाएकी छन्। संस्थापन तर्फ कार्की मात्रै अघि छिन्।

अहिले विराटनगरस्थित एमाले जिल्ला पार्टी कार्यालय पाञ्चालीमा मतगणना भइरहेको छ। निर्वाचन समितिका अनुसार जिल्ला अधिवेशनमा ८ सय ८८ मत खसेको थियो। अब २०८ मत गन्न बाँकी छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad