कोशी


सुनसरीमा स्वाइन फ्लु, बंगुर ओसारपसारमा प्रतिबन्ध

सुनसरीमा स्वाइन फ्लु, बंगुर ओसारपसारमा प्रतिबन्ध

फाइल तस्बिर


नेपालखबर
फागुन १६, २०८१ शुक्रबार १४:३, विराटनगर

सुनसरीको दुहबी नगरपालिकामा अफ्रिकन स्वाइन फ्लु पुष्टि भएपछि बंगुर ओसारपसारमा प्रतिबन्ध लगाइएको छ।

दुहबी नगरपालिकाले उच्च सकर्तकता अपनाउँदै १५ दिनका लागि बंगुर ओसारपसारमा प्रतिबन्ध लगाएको हो।

केन्द्रीय प्राविधिक ल्याब काठमाडौँले अफ्रिकन स्वाइन फ्लु पुष्टि गरेपछि प्रतिबन्ध लगाइएको दुहबी नगरपालिकाका नगरप्रमुख वेद नारायण गच्छदारले जानकारी दिए।

बुधबार दुहबी नगरपालिका, पशु सेवा शाखा, विभिन्न वडाका अध्यक्ष, इलाका प्रहरी, सशस्त्र प्रहरीको आकस्मिक बैठक बसेको थियो। बैठकले सङ्क्रमण नियन्त्रणका लागि तत्काल कदम चाल्न निर्देशन दिएको नगरप्रमुख गच्छदारले बताए।

दुहबी नगरपालिकाले फार्महरूको अनुगमन कडा बनाएको छ । नगरपालिकासँगै स्थानीय प्रहरी र पशु सेवा शाखाले संयुक्त अनुगमन टोली बनाएर फार्महरूको अनुगमन सुरु गरेको नगरपालिकाले जनाएको छ।

दुहबी पशु सेवा शाखाका अनुसार, दुहबी नगरपालिकाको ९ र १० नम्बर वडाका बंगुर फार्महरूमा २५ वटा बंगुर मरेका थिए। एक हप्ता अघि सुनसरीकै कोसी गाउँपालिकामा वर्ड फ्लु पुष्टि भएको थियो ।

उच्च सतर्कता अपनाएर हाँस र कुखुरा नष्ट गरिएको थियो। गर्मी बढेसँगै भारतसँग सीमा जोडिएको सुनसरीका विभिन्न पालिकामा पशुपक्षीमा लाग्ने संक्रमाक रोगहरू देखिन थालेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad