कोशी


महेन्द्र मोरङमा नेविसंघका दुई समूहबीच झडप, दुईजना घाइते

महेन्द्र मोरङमा नेविसंघका दुई समूहबीच झडप, दुईजना घाइते

नेपालखबर
फागुन १५, २०८१ बिहिबार १५:४९, विराटनगर

विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा नेविसङ्घका दुई समूह बिच झडप भएको छ। झडपमा परी दुई जना घाइते भएका छन्। 

क्याम्पसमा देउवा समूह र शेखर कोइराला समूहका विद्यार्थीबीच कुटाकुट भएको हो। 

घटनामा नेविसंघका मोरङ जिल्ला सभापति सरोज पोखरेल तथा अर्का सदस्य आयुष दाहाल घाइते भएका छन्। उनीहरूको नोबेल अस्पतालमा उपचार भइरहेको छ।

आउँदै गरेको स्ववियु निर्वाचनको विषयलाई लिएर केही दिनअघि देखि नै यी दुई समूहको बिचमा विवाद हुँदै आएको थियो। बिहीबार बिहान स्ववियु निर्वाचनको भागबन्डा मिलाउने बारेमा आयोजना गरिएको छलफलको क्रममा हात हालाहाल भएको थियो। 

छलफल गर्न गएको बेलामा आफूमाथि हातपात भएको पोखरेलले बताए। 

स्ववियु सभापति जसवन्त पौडेल कांग्रेसको संस्थापन पक्षका हुन् उनकै नेतृत्वमा रहेको समूह स्ववियु सचिव एलिश ठकुरी, प्रशान्त यादवलगायत समूहले आफूमाथि कुटपिट गरेको उनले बताए।  

प्रहरीले घटनाको विषयमा अनुसन्धान भइरहेको जनाएको छ।  

आक्रमण गर्ने समूह हातहतियार सहित कुटपिटमा उत्रिएको पाइएको प्रहरीको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad