कोशी


शालिग्राम-मञ्जु दाहाल पत्रकारिता पुरस्कार महेन्द्र विष्टलाई

शालिग्राम-मञ्जु दाहाल पत्रकारिता पुरस्कार महेन्द्र विष्टलाई

नेपालखबर
माघ १२, २०८१ शनिबार १४:५७, विराटनगर

शालिग्राम-मञ्जु दाहाल पत्रकारिता पुरस्कार विराटनगरका पत्रकार महेन्द्र विष्टलाई प्रदान गरिएको छ। 

प्रेस चौतारी मोरङको ९औँ जिल्ला अधिवेशनका अवसरमा शनिबार विष्टलाई नगद २१ हजार राशिकाे पुरस्कार दिइएको हो। 

उनलाई कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुरस्कार हस्तान्तरण गरे। 

विष्ट प्रेस चौतारी मोरङका पूर्वअध्यक्ष हुन्। 

यसअघि उक्त पुरस्कार यज्ञ शर्मा, लीलाराज भट्टराई र रमेशचन्द्र अधिकारीलाई दिइएको थियो। 

प्रेस चौतारी मोरङले वार्षिक रूपमा कोसी प्रदेश कार्यक्षेत्र भएका पत्रकारहरूलाई उक्त पुरस्कार दिने गरेको छ।

प्रेस चौतारीले हरेक वर्ष शालिग्राम-मञ्जु दाहाल पत्रकारिता पुरस्कारसहित जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार र कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार पनि दिने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad