कोशी


जसपा नेपालका दुई जिल्ला समिति पुनर्गठन

जसपा नेपालका दुई जिल्ला समिति पुनर्गठन

नेपालखबर
मंसिर २६, २०८१ बुधबार १९:१२, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन गरिएका छन्। कोसी प्रदेशको संखुवासभा र बागमती प्रदेशअन्तर्गतको दोलखा जिल्ला समिति पुनर्गठन गरिएको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

बस्नेतले भने, ‘इन्द्रबहादुर तामाङको अध्यक्षतामा १५ सदस्यीय दोलखा जिल्ला समिति तथा सीताराम तिमल्सिनाको अध्यक्षतामा ३९ सदस्यीय संखुवासभा जिल्ला समिति पुनर्गठन गरिएको छ।’

गत भदौदेखि जसपा नेपालले आधारभूत संगठन निर्माणको चार महिने अभियान सुरु गरेको थियो। यही मंसिर मसान्तसम्म सञ्चालन हुुने भनी निर्धारण गरिएको अभियानको समयावधि थप हुनसक्ने पार्टीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad