अविरल वर्षापछि हेवा खोलामा आएको बाढीले मेची राजमार् अन्तर्गतको ‘बेलिब्रिज’बगाएको छ।
फिदिम नगरपालिका-४ का वडाध्यक्ष उपेन्द्र लावतीले हेवा खोलामा आएको बाढीले ‘बेलिब्रिज’ बगाएको जानकारी दिए।
उनका अनुसार बाढीले हिलिहाङ गाउँपालिकातर्फको पर्खाल भत्काएपछि बेलिब्रिज बगाएको हो।
गत वर्षको असार २ गते आएको बाढीले यहाँ रहेको पुल बगाएपछि यहाँ ‘बेलिब्रिज’ निर्माण गरिएको थियो।
‘बेलिब्रिज’ बगाएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
सडक अवरुद्ध भएपछि पाँचथरको हिलिहाङ र याङवरक गाउँपालिका तथा ताप्लेजुङ जिल्लासँगको सडक सञ्जाल विच्छेद भएको छ। रासस
30
Shares
प्रतिक्रिया