कोशी


सीसीटीभी फुटेजमा हेर्नुहोस् रंगेली नगरपालिकाभित्रै नगर प्रहरीसँगको कुटाकुट

सीसीटीभी फुटेजमा हेर्नुहोस् रंगेली नगरपालिकाभित्रै नगर प्रहरीसँगको कुटाकुट

नेपालखबर
जेठ २५, २०८१ शुक्रबार १८:५, काठमाडौँ

मोरङको रंगेली नगरपालिकामा केही विद्यार्थीहरूको समूहले कार्यवाहक मेयरसहित नगर प्रहरीमाथि आक्रमण गरेको छ।

हिजो (बिहीबार) दिउँसो निजी विद्यालयले कानुनविपरीत शुल्क लिइरहेको भन्दै केही विद्यार्थीको समूह नगरपालिकामा पुगेको थियो। 

उक्त समूहले प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने र कार्यवाहक मेयरसमेत रहेका वडा नम्बर–८ का वडाध्यक्ष ढकप्रसाद आचार्यमाथि दुर्व्यवहार गरेको नेपालखबरले प्राप्त गरेको सीसीटीभी फुटेजमा देख्न सकिन्छ। 

हेर्नुस् भिडिओः

कावा मेयर आचार्यलाई उक्त समूहमध्येका केहीले अगाडिको टेबुल झिकेर हिर्काउन खोजेको भिडिओमा देखिन्छ। 

कार्यालयमा काम गरेर बसिरहेका काबा मेयर र प्रमुख प्रशासकीय अधिकृतमाथि हातपातको अवस्था सिर्जना हुन थालेपछि नगर प्रहरीले प्रतिवाद गरेको थियो।

सो क्रममा केही नगर प्रहरी घाइते भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad