बिरामी बोक्न प्रयोग गरिने एउटा एम्बुलेन्समा अवैध लागुऔषध गाँजा तस्करी हुने गरेको पाइएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरीले एउटा एम्बुलेन्सबाट २७३ किलो १३० ग्राम गाँजा आइतबार बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस चतराबाट सशस्त्र प्रहरी निरीक्षक बिगबहादुर गोलेको कमाण्डमा खटिएको टोलीले एम्बुलेन्सबाट २७३.१३० किलोग्राम गाँजा बरामद गरेको हो।
बराहक्षेत्र नगरपालिका–१ चतराबाट सूर्यकुण्डतर्फ जाने भित्री सडक खण्डमा शंकास्पद अवस्थामा रोकिराखेको को १ च २९३७ नम्बरको एम्बुलेन्सबाट ९ वटा पोकामा लुकाएको गाँजा बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरीका गणपति समेनन्द बज्राचार्यले जानकारी दिए।
सशस्त्रले उक्त एम्बुलेन्स र बरामद गाँजा थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको बज्राचार्यले बताए।
Shares
प्रतिक्रिया