ad ad

कोशी


मुख्यमन्त्री कार्कीलाई जसपासहित गठबन्धनका सबै दलले विश्वासको मत दिने निर्णय


नेपालखबर
कात्तिक १ , काठमाडौँ

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई जसपासहित गठबन्धनमा रहेका सबै दलले विश्वासको मत दिने निर्णय भएको छ। 

यसअघि जसपाले तटस्थ बस्ने निर्णय गरेको थियो। 

कोशी प्रदेशको राजनीतिक स्थायित्व र केन्द्रीय गठबन्धनको संवेदनशीलतालाई ध्यानमा राखेर मुख्यमन्त्रीलाई विश्वासको मत दिने प्रदेशस्थित गठबन्धनले निर्णय गरेको कोशी प्रदेशसभा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले नेपालखबरलाई जानकारी दिए।

प्रदेश सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा चाहिँ पछि छलफल गरिने उनको भनाइ छ। 

‘सरकारमा सहभागिता र सत्ता साझेदारीका विषयमा तत्काल केही सोचिएको छैन’, आङ्बोले भने, ‘विश्वासको मतपछि मात्र यसबारे छलफल होला, अहिले निसर्त मत दिने हो।’

 

कात्तिक १, २०८० बुधबार १२:५९

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .