कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवारले अहिले पनि जनतामाझ प्रदेश संरचनाहरू विश्वासनीय हुन नसकेको बताएकी छन्।
काठमाडौंको चन्द्रागिरीमा शुक्रबार आयोजित संघीय संसद् र प्रदेशसभाको अनुभव आदानप्रदान एवम् अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएकी हुन्।
उनले कोशीमा अहिले विशिष्ट अवस्था रहेको बताउँदै जनताले पनि प्रश्न उठाउन थालेको बताइन्।
‘कोशीमा केही विशिष्ट अवस्था छ। प्रदेशहरूमा जनताको आवाज उठ्न थालेको छ’, उनले भनिन्, ‘परिवर्तनका लागि पटक पटक बलिदान भएको छ। प्रदेशहरू अझै जनताबीच विश्वासनीय हुन सकेनन्।’
उनले प्रदेशका सभामुख र उपसभामुखको भूमिका पनि सीमित रहेको बताइन्।
‘विकास र जनताका काममा पनि प्रदेशसभाका सभामुख( उपसभामुख जोडिन सकेका छैनन्’, उनले भनिन्, ‘कोशी प्रदेशमा सभामुख र उपसभामुखले के गर्न हुने नहुने संविधानले पनि भनेको छ।’
Shares
प्रतिक्रिया