कोशी


हेवाखोलामा भेटिएको शवको पहिचान खुल्यो

१८ जना अझै बेपत्ता
हेवाखोलामा भेटिएको शवको पहिचान खुल्यो

नेपालखबर
साउन २, २०८० मंगलबार २०:१२, सङ्खुवासभा

सङ्खुवासभाको चैनपुर नगरपालिका–४ हेवाखोलामा फेला परेको शवको पहिचान खुलेको छ। आइतबार चैनपुर नगरपालिका–४ स्थित निर्माणाधीन सुपर हेवा हाइड्रोपावरको पावर हाउसमा २९ दिनपछि थप एकजना मजदुरको शव फेला परेको हो। 

चैनपुर–४ हेवाखोलामा फेला परेको शव बर्दियाका राजाराम थारु रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए। गत असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले सुपर हेवाखोलमा हाइड्रोपावरका १७ मजदुर बेपत्ता बनाएको थियो। 

शव हाइड्रोपावरको टनेलभित्र फेला परेको थियो। थारुको शव मंगलबार आफन्तले जिम्मा लिएपछि जिल्ला अस्पताल सङ्खुवासभामा पोष्टमार्रटम गरिएको छ। बाढीपहिरामा परेको अन्य १८ अझै बेपत्ता भएको प्रहरीले जनाएको छ। तीमध्ये तीन जनाको शव हालसम्म फेला परिसकेको छ। दुई वर्षसम्म नभेटिएको अवस्थामा मृत मान्ने प्रावधान छ। 

प्राकृतिक प्रकोपको हकमा नेपाल सरकारले नै निर्णय गर्नुपर्छ। बाढीपहिराका कारण जिल्लाका विभिन्न स्थानका २० घर परिवार विस्थापित भएका छन्। बाढीपहिराबाट विस्थापित भएका २० घर परिवारमध्ये १२ घर पूर्ण क्षति भएका छन्। चैनपुर नगरपालिका–४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिराले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनाको क्षति भएको हो। बाढीले तीन वटा पक्की पुलमा क्षति पुर्‍याएको छ। बाढी भौतिक संरचना बगाउँदा करोडौँको क्षतिको भएको छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad