ad ad

कोशी


कोशीका नवनियुक्त मुख्यमन्त्री थापाले शपथ खाए, दुईजनालाई मन्त्री बनाए

कोशीका नवनियुक्त मुख्यमन्त्री थापाले शपथ खाए, दुईजनालाई मन्त्री बनाए

फाइल तस्बिर : मुख्यमन्त्री उद्धव थापा


नेपालखबर
असार २२, २०८० शुक्रबार १०:६, काठमाडौँ

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज बिहान शपथ खाएका छन्। 

बिहीबार मुख्यमन्त्री पदमा नियुक्त थापालाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। 

सो क्रममा मुख्यमन्त्री थापाले सानो मन्त्रिमण्डल गठन गरेका छन्।

पहिलो चरणमा उनले नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसबाट एक–एकजनालाई मन्त्री बनाएका हुन्।

एकीकृत समाजवादीबाट कमल जबेगु र कांग्रेसबाट प्रदीप सुनुवार मन्त्री बनेका हुन्। तर उनीहरुको मन्त्रालय तोकिएको छैन। 

कांग्रेस प्रदेश संसदीय दलका नेता थापा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। 

थापाले सभामुख बाबुराम गौतमसहित ४७ जना सांसदको समर्थनमा बिहीबार प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए। ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ मत नै चाहिन्छ। 

थापा कांग्रेसका २९, सभामुख गौतमसहित माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सहित ४७ सांसदको हस्ताक्षरमा दाबी पेस गरेर मुख्यमन्त्री बनेका हुन्। 

कतिपयले भने सभामुखलाई सत्ता प्राप्तिको हतियार बनाउनु असंवैधानिक भएको दाबी गर्दै आलोचना गरिरहेका छन्। 

यसअघि कोशीमा एमाले नेतृत्वको सरकार विश्वासको मत पाउन नसकी ढलेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .