ad ad

कोशी


कोशी प्रदेशमा तटस्थ बस्ने जसपाको निर्णय

कोशी प्रदेशमा तटस्थ बस्ने जसपाको निर्णय

कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बू। उनी जसपाबाट कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्ने एकमात्र सांसद हुन् (फाइल तस्बिर)


नेपालखबर
असार १४, २०८० बिहिबार १४:५९, काठमाडौँ

जनता समाजवादी पार्टी, जसपाले कोशी प्रदेशमा तटस्थ बस्ने निर्णय गरेको छ। आज बस्ने प्रदेशसभा बैठमा विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तयारी गरेका छन्। 

त्यसअघि बसेको जसपा संसदीय दलको बैठकले कोशीमा तटस्थ बस्ने निर्णय गरेको हो। कार्कीले विश्वासको मत माग्दै कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई पत्रसमेत पठाएका छन्। 

‘पहिचानलाई सम्बोधन गरेर पुनः प्रदेशको नामाकरण गर्ने बारे बलियो राजनीतिक आधार निर्माण नभएसम्म जसपा प्रदेश नम्बर १ कसैको पक्ष वा विपक्षमा मतदान नगर्ने र तटस्थ रहने नीतिका साथ अगाडि बढेको स्पष्ट पार्न चाहन्छौं,’ जसपा प्रदेश अध्यक्ष दिपक याक्खाले जारी गरेको विज्ञप्तितमा जनाइएको छ। 

कोशीमा एक सांसद मात्र रहेको जसपाबाट निर्मला लिम्बू स्वास्थ्यमन्त्री छिन्। उनी पुस २५ गते कार्की नेतृत्वमा सरकार गठन हुँदा मन्त्री बनेकी थिइन्।

कोशी नाम खारेजी र पहिचानलाई सम्बेधन गरी पुनः नामाकरण गरिनुपर्ने जसपाको माग छ। जसपाले गत जेठ १७ गते नै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। 

केन्द्रमा बनेको समाजवादी मोर्चामा समेत रहेको जसपाले आज हुने मतदानमा सहभागी नहुने बताएको छ।

‘वर्तमान राजनीतिक परिस्थितिमा जसपा एमाले नेतृत्वको सरकारलाई विश्वासको मत दिने पक्षमा हुने करे भएन,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘सँगै, पहिचानको मागलाई नजरअन्दाज गरेर कोशी नामाकरणको पक्षमा मतदान गर्ने दलहरुप्रति पनि हामी विश्वस्त हुन सक्ने कुनै राजनीतिक आधार देखा परेको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .