ad ad

कोशी


बाढीका कारण शुक्रबारदेखि सुनसरीको श्रीलंका टापुमा फसेका २५ जनाको बल्ल उद्धार

बाढीका कारण शुक्रबारदेखि सुनसरीको श्रीलंका टापुमा फसेका २५ जनाको बल्ल उद्धार

सुनसरीस्थित श्रीलंका टापु


नेपालखबर
असोज १३, २०८१ आइतबार १४:३४, धरान (सुनसरी)

बाढीका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडास्थित श्रीलंका टापुमा थुनिएका २५ जनाको उद्धार गरिएको छ।

बराहक्षेत्र–६ ठाकुरवारीस्थित कोसीको बीच टापुमा भैंँसीपालन गरी बसेकाहरू शुक्रबारदेखि सप्तकोसी नदीमा आएको बाढीले अलपत्र परेका थिए।

अलपत्र परेका २५ जनालाई आज प्रहरीको सहयोगमा डुंगामार्फत उद्धार गरिएको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले जानकारी दिए। 

शनिबार बिहानदेखि उनीहरुको उद्धारका लागि प्रहरी परिचालन गरिए पनि निरन्तर वर्षा भइरहेकाले तत्काल उद्धार सम्भव नभएपछि कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीसहितको टोलीले हेलिकप्टरमार्फत उद्धार गर्न केन्द्रीय सरकारसँग समन्वय गरेको थियो। प्रतिकूल मौसका कारण शनिबार उनीहरूको उद्धार गर्न नसकिएको नगरप्रमुख कार्कीले बताए। 

नगरप्रमुख कार्कीले भने, “शुक्रबारदेखि कोसी नदीमा जलसतह बढेर बाढी आएपछि उहाँहरू निस्कन नसकेर श्रीलंका टापु ठाकुरवारी क्षेत्रमा अलपत्र पर्नुभएको थियो।”

आज कोसीमा पानीको बहाव घटेसँगै बिहान नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सहयोगमा डुंगामार्फत २५ जनाको सकुशल उद्धार गरिएको उनले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .