जेठ २३ देखि स्थगित कोशी प्रदेशसभाको बैठक बुधबारका लागि बोलाइएको छ।
प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशनको छैटौँ बैठक जेठ ३१ गते बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।
जेठ २३ गतेको बैठकपछि अर्को सूचना जारी नभएसम्मका लागि सभामुख बाबुराम गौतमले बैठक स्थगित गरेका थिए।

18
Shares

प्रतिक्रिया