ad ad

कोशी


जंगली च्याउ खाँदा आमा-छोराको मृत्यु, उपचारपछि बाबु बाँचे

जंगली च्याउ खाँदा आमा-छोराको मृत्यु, उपचारपछि बाबु बाँचे

प्रतिकात्मक तस्बिर


नेपालखबर
जेठ २०, २०८० शनिबार ६:२०, धनकुटा,

धनकुटामा जंगली च्याउ खाएर एक महिला र उनका ७ वर्षीय छोराको मृत्यु भएको छ। 

सहिदभूमि गाउँपालिका–३ घर भई हाल धनकुटा नगरपालिका–७ मा डेरा गरी बस्ने २८ वर्षीया मुना राई र उनका छोरा सचिन राईकोे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला अस्पताल धनकुटामा उपचार हुन नसकी धरान रेफर गरिएका उनीहरूको उपचारका क्रममा शुक्रबार आमाको मृत्यु भएको प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए। 

सिकिस्त रहेका उनीका छोराको पनि आईसीयू कक्षमा उपचारका क्रममा शुक्रबार बेलुकी मृत्यु भएको छिमेकी भोगेन्द्र राईले जानकारी दिए। प्रहरी सञ्चार शाखाका अनुसार मृतकले यही जेठ १५ गते धनकुटा–७ मा रहेको चुलिवन जंगलबाट च्याउ ल्याएर खाएका थिए। च्याउ खाएपछि बिरामी परेका उनीहरू जिल्ला अस्पताल धनकुटामा उपचारका लागि भर्ना भएका थिए। 

जिल्लामा उपचार हुन नसकेपछि १८ गते उनीहरूलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेफर गरिएको थियो। उपचारमा संलग्न जिल्ला अस्पतालका डा डुराण्ड सिंह खड्काका अनुसार पखला लाग्ने र बान्ता हुने समस्या लिएर बुबाआमा र छोरा अस्पताल आएका थिए। उपचारपछि बुबा ठीक भएर आमाछोराको स्याहारमा खटिएका थिए भने आमाछोराको स्वास्थ्यमा सुधार भइरहेको थियो।

अचानक शुक्रबार आमाको रक्तचाप कम भई बेहोसीको अवस्था छाएको र छोराको मिर्गौलामा समस्या देखापरेको थियो। त्यसपछि भने थप उपचारका लागि धरान रेफर गरिएको डा खड्काले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .