कोशी


आन्दोलनरत पहिचान पक्षधरहरूलाई वार्तामा आउन कोशी प्रदेश सरकारको आह्वान

आन्दोलनरत पहिचान पक्षधरहरूलाई वार्तामा आउन कोशी प्रदेश सरकारको आह्वान

नेपालखबर
जेठ १६, २०८० मंगलबार १९:१, काठमाडौँ

कोशी प्रदेशको नामकरणमा असन्तुष्ट आन्दोलनरत पहिचान पक्षधरहरूलाई वार्तामा आउन कोशी प्रदेश सरकारले औपचारिक आह्वान गरेको छ।

मंगलबार सरकारको तर्फबाट प्रवक्ता भक्तिप्रसाद सिटौलाले एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेका हुन्। 

‘शान्तिपूर्ण ढङ्गबाट गरिने विरोध र आलोचनाले लोकतन्त्रलाई नै सुदृढ र मजवुत बनाउछ भन्ने कुरामा प्रदेश सरकार विश्वास राख्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘यही सन्दर्भमा नामकरणको बारेमा रहेका आफ्ना विमतिहरुलाई शान्तिपूर्णरुपमा राख्न अनुरोध गर्दै पूर्व घोषित विरोधका कार्यक्रमहरुलाई स्थगन गरी बार्ता र संवादको माध्यमबाट निकास खोज्न सम्बद्ध पक्षलाई कोशी प्रदेश सरकार आह्वान गर्दछ।’

आइतबारको प्रदेशसभा बैठकमा बोल्ने सांसदहरुले आन्दोलनरत पक्षलाई तत्काल वार्तामा बोलाउन सरकारलाई आग्रह गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .