ad ad

कोशी


सडकमा गुणस्तरहीन काम भएको विरोधमा १ लाख ३२ हजार भोल्टको पोलमा चढे युवक

सडकमा गुणस्तरहीन काम भएको विरोधमा १ लाख ३२ हजार भोल्टको पोलमा चढे युवक

हेर्नुहोस् पोलमा युवक


नेपालखबर
बैशाख ३०, २०८० शनिबार ११:३६, काठमाडौँ

मोरङको बूढीगंगा गाउँपालिकाका एक युवक सडकमा बनिरहेको रिटेनिङ वाल गुणस्तरहीन भएको भन्दै बिजुलीको हाइटेन्सन पोलमा चढेका छन्। 

बूढीगंगा गाउँपालिका वडा नम्बर ७, डंग्राहाका ४० वर्षीय दिनेशकुमार माझी  १ लाख ३२ हजार भोल्ट विद्युत् प्रवाह भइरहेको प्रसारण लाइनको पोलको टुप्पोमा बसेका हुन्। 

हेर्नुहोस् तस्बिर

उनलाई ओराल्ने प्रयास भइरहेको छ। तर उनले गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले आफ्नो माग सम्बोधन गर्ने प्रतिबद्धता नजनाएसम्म पोलबाट नझर्ने अडान लिइरहेका छन्। 

बूढीगंगा ७ नम्बर वडा कार्यालयदेखि दक्षिणतर्फ जाने सडकमा निर्माण भइरहेको रिटेनिङ वाल गुणस्तरहीन भएको उनको आरोप छ।

आफ्नो मागलाई बेवास्ता गरे आत्मदाह गर्ने चेतावनी उनले दिएका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .