ad ad

कोशी


अनियमितता छानबिनको माग गर्दै कानेपोखरी गाउँपालिकामा लाग्यो ताला

अनियमितता छानबिनको माग गर्दै कानेपोखरी गाउँपालिकामा लाग्यो ताला

ध्रुव भट्टराई
बैशाख १९, २०८० मंगलबार १७:४७, विराटनगर

मोरङको कानेपोखरी गाउँपालिकाले खरिद गरेको १ बिगाह जग्गामा भएको अनियमितताबारे सत्यतथ्य छानबिनको माग राख्दै गाउँपालिका कार्यालयमा तालाबन्दी भएको छ। 

स्थानीयले गाउँपालिका अध्यक्ष राजमति इङ्गनाम र ६ नं. वडा कार्यालयका वडाध्यक्ष खड्ग बहादुर बस्नेतको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।

स्थानीयले निर्वाचित जनप्रतिनिधिहरूको बेथितिविरुद्ध गाउँपालिकाको अध्यक्ष र वडा अध्यक्षको कार्यालयमा तालाबन्दी गरिएको स्थानीय नवीन पौडेलले बताए।

‘सेवाग्राहीलाई सेवा प्रभावमा कुनै पनि कठिनाई नहुने तरिकाले हामी आन्दोलनमा उत्रिएका हौँ,’ उनले भने, ‘कानेपोखरी गाउँपालिका स्थानीय सरकार विधि र प्रक्रियामा चल्नुपर्ने हो। तर, चलेको पाइएन। त्यही भएर तालाबन्दी गरिएको हो।’

सोमबार जग्गामा भ्रष्टाचार भएको र आफ्ना नेता संलग्न रहेको भन्दै त्यहाँका ३ सय जना एमालेका स्थानीय नेता तथा कार्यकर्ताले राजीनामा समेत दिएका थिए।

प्रशासनिक भवन बनाउन तत्कालीन गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले अध्यक्ष हुँदा गाउँपालिकाले कानेपोखरी-५ मा खरिद गरेको १ बिगाहा जग्गामा १ करोड ३४ लाख रुपैयाँ बढी मूल्य हालेर जग्गा खरिद गरेको पाइएको छ

कम मूल्यमा जग्गा विक्री गर्ने निवेदकलाई पाखा लगाएर पालिकाले कानेपोखरी गाउँपालिका वडा नं ५ मा प्रतिकठ्ठा १० लाख २५ हजारका दरले २० कठ्ठा (१ बिघा)जग्गा २ करोड ५ लाखमा २०७८ असार २३ गते खरिद गरेको देखिन्छ।

पालिकाले २०७७ असोज १६ गते जारी गरेको सूचना बमोजिम कम मूल्यमा जग्गा उपलब्ध गराउने उषा चापागाईँको दर्ता भएको निवेदनलाई पाखा लगाएको पाइएको छ।

उनले प्रतिकठ्ठा ३ लाख ५५ हजार प्रतिकठ्ठामा जग्गा उपलब्ध गराउने प्रस्ताव दर्ता गराएकी थिइन्। तर, उक्त प्रस्तावलाई पाखा लगाएर पालिकाको तत्कालीन जग्गा व्यवस्थापन समितिले कानेपोखरी ५ को इन्द्रकुमार गिरी र सिताराम गिरीको नाममा रहेको जग्गा प्रतिकठ्ठा १० लाख २५ हजार रुपैयाँले खरिद गरेको हो।

प्रतिकठ्ठा ६ लाख ७० हजार बढी मूल्य हालेर २० कठ्ठा जग्गा खरिद गर्दा कानेपोखरी गाउँपालिकालाई १ करोड ३४ लाख रुपैयाँ व्ययभार परेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .