कोशी


मोरङमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, १५ घाइते

मोरङमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, १५ घाइते

नेपालखबर
बैशाख २, २०८० शनिबार १७:३९, विराटनगर

मोरङको रंगेली–३ आमतोलामा ट्याक्टर दुर्घटनामा हुँदा २ जनाको मृत्यु भएको छ। 

दुर्घटनामा १५ जना घाइते भएका छन्।

मोरङ प्रहरीका अनुसार दुर्घटनामा परी मोरङको ग्रामथान गाउँपालिका – ५ की ६० वर्षीया वैशाखी चौधरी र सोही ठाउँकी २५ वर्षीया रीता कुमारी माझीको मृत्यु भएको छ।

बैशाखी कुमारीको घटनास्थलमै र रीताको विराटनगरस्थित गोल्डेन अस्पताल आज दिउँसो ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

अन्य घाइतेको रंगेली अस्पतालमा उपचार भइरहेको छ।

तेतरिया आमतोला भित्री सडकखण्ड हुँदै पूर्वतर्फ गइरहेको प्रदेश १–०१–००१ त ९५५३ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भए दुर्घटना भएको थियो।

दुर्घटनालगत्तै ट्याक्टर चालक ग्रामथान ५ का अन्दाजी ३१ वर्षीय बालक माझी फरार बनेका छन्।

प्रहरीका अनुसार उनको खोजी तीव्र पारिएको छ।

रंगेलीमा रहेको सन्सारीमाई मन्दिरमा पूजाका लागि तेतरियाबाट हिँडेकाहरू सवार ट्याक्टर दुर्घटनामा परेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad