ad ad

कोशी


आगो ताप्ने क्रममा जलेर ८० वर्षीया वृद्धाको मृत्यु

आगो ताप्ने क्रममा जलेर ८० वर्षीया वृद्धाको मृत्यु

फाइल तस्बिर


नेपालखबर
माघ ५, २०७९ बिहिबार १०:३३, विराटनगर

विराटनगरमा आज आगो ताप्ने क्रममा जलेर  एक वृद्वाको मृत्यु भएको छ।

विराटनगर–१० स्थित लालीगुँरास चोककी ८० वर्षीया बेभी यादवको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको हो। 

वडा प्रहरी कार्यालय ‘क’ का डीएसपी दीपेन्द्र पञ्जियारका अनुसार बिहीबार बिहान घरबाहिर पराल र रुखका हाँगा बालेर आगो ताप्ने क्रममा अचानक उनले लगाएको साडीमा आगो सल्किएपछि प्लास्टिकको कुर्सीसहित उनी जलेकी हुन्।

जलेर गम्भीर घाइते भएकी यादवलाई उपचारका लागि लाने तयारी गर्दागर्दै उनको मृत्यु भएको हो। 

डीएसपी पञ्जियारले  घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .