ad ad

कोशी


झापामा दुर्घटनामा एक जनाको मृत्यु

झापामा दुर्घटनामा एक जनाको मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
कात्तिक ६, २०७९ आइतबार ६:३८, झापा

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको पथरीशनिश्चरे सडकखण्डको जयचोकमा आज सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ। 

पूर्वबाट पश्चिमतर्फ मोटरसाइकलमा जाने क्रममा अनियन्त्रित भई झापाको बिर्तामोड–४ का ४५ वर्षीय हरिकुमार बाँस्कोटाको मृत्यु भएको हो। को३७प ३२५५ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको टाउको र पेटमा गहिरो चोट लागेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।

गम्भीर घाइते बाँस्कोटाको मोरङको उर्लाबारी मङ्गलबारेस्थित मदन भण्डारी अस्पताल एन्ड ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .