कोशी


सुनसरीका लागि एकीकृत समाजवादीका उम्मेदवार सिफारिस

सुनसरीका लागि एकीकृत समाजवादीका उम्मेदवार सिफारिस

नेपालखबर
भदौ १६, २०७९ बिहिबार १३:४४, सुनसरी

आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एकीकृत समाजवादी सुनसरीले उम्मेदवारको नाम सिफारिस गरेको छ। सुनसरी निर्वाचन क्षेत्र नं १ का बाट प्रतिनिधि सभामा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नाम सिफारिस गरिएको छ।

पार्टीको निर्देशनअनुसार क्षेत्र नं १  बाट मुख्यमन्त्री राईसहित लक्ष्मण चौधरी, पदमा सुब्बा र जीवन राईको नाम सिफारिस गरिएको जिल्ला सचिव वसन्त सुवेदीले जानकारी दिए। 

यसैगरी प्रदेशसभा निर्वाचन क्षेत्र नं १ (१) बाट सुष्मा राई, तारा लामगादे र एकराज सुब्बाको नाम सिफारिस गरिएको छ भने १ (२) बाट रेवतीरमण राई, अमृता रामदाम र श्यामनारायण राजधामीको नाम सिफारिस गरिएको जिल्ला सचिव सुवेदीले बताए। त्यसैगरी प्रतिनिधि सभा सुनसरी क्षेत्र नं २ बाट धर्म निरौला, केपी सापकोटा र सरिता कार्की लामाको नाम सिफारिस गरिएको छ। यस क्षेत्रको प्रदेशसभाका उमेदवारको नाम आगामी बैठकले सिफारिस गर्ने निर्णय गरेको सचिव सुवेदीले जानकारी दिए। 

त्यसैगरी सुनसरी क्षेत्र नं ३ बाट प्रतिनिधि सभामा मोहमद जैनुल हक मियाँ, कमला दुलाल र जुगुतनारायण चौधरीको नाम सिफारिस गरिएको छ। प्रदेशसभामा क्षेत्र नं ३ (१) बाट केशव विष्ट, गौरी परियार र नयनतारा सिटौलाको नाम सिफारिस गरिएको छ भने ३ (२) बाट रामचन्द्र मटियैत, दीपक राई र रेखा गुरुङको नाम सिफारिस गरिएको उनले जानकारी दिए। 

त्यसैगरी क्षेत्र नं ४ बाट प्रतिनिधि सभामा केशवप्रसाद तिम्सिना, डा सीएन पाठक र कैलाश अञ्जुमको नाम सिफारिस गरिएको छ। त्यसैगरी प्रदेशसभा क्षेत्र नं ४ (१) मा बाबुराम बराल, परमानन्द पौडेल र कल्पना पोखरेलको नाम सिफारिस गरिएको छ भने ४ (२) मा महफुज आलम अन्सारी, किरण कार्की र सवनम आरीको नाम सिफारिस गरिएको सचिव सुवेदीले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .