प्रदेश नं १ को प्रदेशसभाको १०औँ बैठक तथा बजेट अधिवेशन शुक्रबार सुरु हुने भएको छ।
गत साउन २२ गतेदेखि स्थगित प्रदेशसभाको बैठक यही भदौ १७ गते दिउँसो १ बजेका लागि तय गरिएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।
लामो समयदेखि प्रदेशसभा बैठक बस्न नसकेकाले प्रदेशको नामकरण प्रस्ताव अन्योलमा छ। बैठक प्रारम्भमै सो प्रस्ताव आउन सक्ने बताइएको छ। रासस
प्रतिक्रिया