कोशी


भोजपुरमा ट्रयाक्टरले किचेर पाँच वर्षीय बालकको मृत्यु

भोजपुरमा ट्रयाक्टरले किचेर पाँच वर्षीय बालकको मृत्यु

नेपालखबर
साउन ६, २०७९ शुक्रबार ८:४२, भोजपुर

भोजपुर नगरपालिका–१२ छ चौतारामाट्रयाक्टरले किच्दा बालकको ज्यान गएको छ।

बिहीबार साँझ सामान बोकेर सदरमुकामबाट गुम्बा जाँदै गरेको मे १ त ७४४४ नंको ट्र्याक्टरले किच्दा पाँच वर्षीय नेन्साङ तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनापछि फरार रहेका चालकलाई गए राति नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजकुमार राईले जानकारी दिए।

ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको उनले बताए।

बालकको शवलाई परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .