विराटनगर महानगरपालिकाको नगरसभाको १०औँ अधिवेशनमा आगामी आर्थिक वर्षका लागि आय र व्ययको बजेट सार्वजनिक गरिएको छ।
महानगर उपप्रमुख शिल्पा निराला कार्कीले वाचन गरेको बजेटमा आगामी वर्ष सञ्चालन हुने मुख्य आयोजनामा वडास्तरीय आयोजनामा ४१ करोड ६८ लाख १७ हजार, नगरस्तरीय आयोजनाका लागि ३० करोड, बहुवर्षीय तथा गौरवका आयोजनाका लागि २९ करोड, क्रमागत योजनाको भुक्तानीका लागि ४० करोड, आरयुडिपीबाट निर्माण भएकालगायतका कालोपत्र सडकसमेत गरी मर्मतसम्भारमा १४ करेड, अन्य पूर्वाधारतर्फ नौ करोड ८० लाख, फोहोर पानी प्रशोधन केन्द्रका लागि दुई करोड ५० लाख र समपूरक कोषमा चार करोड ८० लाख विनियोजन गरिएको छ।
आगामी आर्थिक वर्षको अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये सङ्घीय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ एक अर्ब २१ करोड ८५ लाख र प्रदेश सरकारतर्फ चार करोड ९१ लाख ९७ हजार, राजस्व बाँडफाँट एक अर्ब १३ करोड ९९ लाख ७० हजार, आन्तरिक आय एक अर्ब, जनसहभागिता रु आठ करोड, अन्य अनुदान तथा ऋण १० करोड १९ लाख र अन्य सङ्घसंस्था तीन करोड ६० लाख हुने बजेटमा अनुमान गरिएको छ।
मध्यकालीन खर्च संरचना
त्रिवर्षीय मध्यकालीन खर्च संरचनाअनुरुप आव २०८०÷८१ का लागि तीन अर्ब ९८ करोड ८१ लाख २३ हजार र आव २०८१÷८२ का लागि चार अर्ब ३८ करोड ६९ लाख ३६ हजार आय तथा व्ययको अनुमान उपप्रमुख कार्कीले बजेटमा वाचन गरेकी छिन्।

प्रतिक्रिया