कर्णाली


जाजरकोटमा फोर्स गाडी दुर्घटना, १६ जना घाइते

जाजरकोटमा फोर्स गाडी दुर्घटना, १६ जना घाइते

नेपालखबर
कात्तिक २६, २०८१ सोमबार १२:४५, सुर्खेत

जाजरकोटमा फोर्स गाडी दुर्घटनामा परेको छ। सोमबार बिहान करिब साढे ११ बजेको समयमा बाग ५ ख १८९२ नम्बरको गाडी दुर्घटनामा परेको हो। 

जाजरकोटको भेरी नगरपालिका ७ स्याउली बजारबाट नेपालगञ्ज जाँदै गरेको उक्त गाडी मध्यपहाडी राजमार्ग कुदु नजिकै दुर्घटनामा परेको हो। 

दुर्घटनामा परेर १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए। 

उनका अनुसार घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र कुदूमा उपचार भइरहेको छ भने उनीहरुको अवस्था मध्यम रहेको छ। 

गाडी सडकबाट करिब ५० मिटर तल खसेको छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad