कर्णाली


रास्वपा कर्णाली प्रदेश सभापतिमा खड्का विजयी, दुई प्रतिस्पर्धीको मत जोड्दा पनि पुगेन सय

रास्वपा कर्णाली प्रदेश सभापतिमा खड्का विजयी, दुई प्रतिस्पर्धीको मत जोड्दा पनि पुगेन सय

रास्वपा कर्णाली सभापतिमा विजयी भएपछि मदन खड्का


नेपालखबर
असार ३, २०८३ बुधबार ८:५६, सुर्खेत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कर्णाली प्रदेश सभापति पदमा मदन खड्का विजयी भएका छन्।

पहिलो प्रदेश अधिवेशनबाट खड्का सभापतिमा भारी मतका साथ विजयी भएका हुन्।

प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयनमा सर्वसम्मतको प्रयास असफल भएपछि निर्वनचन भएको थियो।

कुल ५७८ मतदाता रहेकामा ४०० मत खसेको थियो। खड्काले २८८ मत पाएर सभापतिमा निर्वाचित हुँदा उनका दुई जना प्रतिस्पर्धीको जम्मा गर्दा पनि १०० मत कट्न सकेन। 

सभापतिका उम्मेदवार अर्का उम्मेदवारद्वय स्नेहा उपाध्यायले ६३ र नन्दकिशोर बस्नेत (एनके)ले ३५ मत मात्र प्राप्त गरेका हुन्।

सभापतिमा निर्वाचित खड्का संस्थापक सभापित समेत हुन्। उनले रास्वपा स्थापनकालदेखि नै कर्णाली प्रदेशको जिम्मेवारीसँगै जिल्लादेखि वडास्तरसम्म संगठन विस्तार गर्दै आएका थिए।

यस्तै प्रदेश सदस्यहरुमा (क्षेत्रगत)तर्फ तुलाराज शाही २१९ मत (कालीकोट), लक्ष्मीकुमारी भट्टराई २०० मत (दैलेख-१), कृष्णबहादुर खड्का १२६ मत (दैलेख-२), राजेन्द्रप्रसाद शर्मा २०२ मत (सुर्खेत-१), आकाश थापा १११ मत (सुर्खेत-२), नवीन खड्का २४२ मत (जाजरकोट) र संगम गौतम २०५ (रुकुमपश्चिम) विजय भएका निर्वाचन संयोजक भरतप्रसाद दाहालले जानकारी दिए।

उनका अनुसार कमल रावल (मुगु), ललितकुमार चन्द (सल्यान), बुधे बुढा (हुम्ला), सन्तोष बुढाथोकी (डोल्पा) र दानबहादुर बुढा (जुम्ला) निर्विरोध निर्विचत भएका छन्। आदीवासी जनजातितर्फ गौराकुमारी घर्ति मगर २२३ मत ल्याएर वियजी भएका छन् भने दलिततर्फ मोहन सुनार र टेकबहादुर चुनारा निर्विरोध निर्वाचित भएका छन्।

साथै महिलातर्फ निर्माला शाही २७४, सरस्वती बुढा २७३, सिलु थापा २०७, खगिसरा बुढा १९९ र राधाकुमारी ढकाल १९३ मत पाएर प्रदेश सदस्यमा विजयी भएका छन्।

यस्तै खसआर्यतर्फ राजबहादुर शाह २०० मत, रामप्रसाद पाण्डे १८९, धर्मराज थापा १७४ मत र यामराज पन्त १६० मत प्राप्त गर्दै प्रदेश सदस्यमा निर्वाचित भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad