कर्णाली


प्रदेश अस्पतालमा हेलिप्याड परीक्षण उडान सफल, आकस्मिक सेवा थप प्रभावकारी हुने

प्रदेश अस्पतालमा हेलिप्याड परीक्षण उडान सफल, आकस्मिक सेवा थप प्रभावकारी हुने

नेपालखबर
बैशाख १८, २०८३ शुक्रबार १५:१४, सुर्खेत

प्रदेश अस्पताल कालगाउँ सुर्खेतमा हेलिप्याडको प्राविधिक जाँच तथा परीक्षण उडान सफल भएको छ। शुक्रबार उत्तर–पश्चिम पृतना हेटक्वाटर सुर्खेतसँगको सहकार्य र समन्वयमा उक्त परीक्षण सम्पन्न गरिएको हो।

आकस्मिक स्वास्थ्य सेवालाई अझ छिटो, सहज र प्रभावकारी बनाउने उद्देश्यले निर्माण गरिएको हेलिप्याड अब गम्भीर तथा आकस्मिक अवस्थाका बिरामीहरूको शीघ्र उद्धार (एयर रेस्क्यु) र समयमै उपचारमा महत्वपूर्ण सहयोगी बन्ने अस्पतालले दाबी गरेको छ। 

भौतिक रूपमा सम्पन्न बन्दै गइरहेको प्रदेश अस्पतालमा हेलिप्याडको थप विस्तार गरिएको अस्पतालले जनाएको छ।

अस्पतालका सूचना अधिकारी समेत रहेका उपसचिव अनिता ज्ञवालीले आकस्मिक स्वास्थ्य सेवालाई थप द्रुत, सहज र प्रभावकारी बनाउने उद्देश्यले अस्पतालमै हेलिप्याड बनाइएको जानकारी दिइन्। उनले भनिन्, ‘यसले कर्णालीका हिमाली तथा पहाडी जिल्लाबाट आकस्मिक रूपमा हेलिकप्टोरबाट उद्धार गरेका बिरामीलाई हेलिकप्टरले अस्पतालमै ल्याउने छ।’

यसअघि हेलिकप्टरमा उद्धार गरेका बिरामीहरूलाई सुर्खेत विमानस्थलमा ल्याण्ड गरेर थप उपचारका लागि एम्बुलेन्समार्फत प्रदेश अस्पताल पुर्याउँने गरिएको थियो। 

ज्ञवालीले यस महत्वपूर्ण कार्यलाई सफल बनाउन सहयोग पुर्‍याएको पश्चिम एयर बेस हवाई सेवा, सुर्खेतका सम्पूर्ण टोलीप्रति अस्पताल प्रशासनको तर्फबाट आभार समेत व्यक्त गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad