कर्णाली


सल्यानमा ११ यात्रु बोकेको अटो सडकबाट खस्दा १० जना घाइते

सल्यानमा ११ यात्रु बोकेको अटो सडकबाट खस्दा १० जना घाइते

नेपालखबर
माघ १९, २०८२ सोमबार १५:३८, सुर्खेत

‍सल्यानको शारदा नगरपालिका–२ खलंगामा अटो दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

सोमबार दिउँसो करिब २ बजे श्रीनगरबाट खलंगाबजारका लागि छुटेको रा१ह २१९५ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको हो।

दुर्घटनामा परी अटोमा सवार ११ मध्ये १० जना घाइते भएको सल्यान प्रहरीले जानकारी दिएको छ। 

घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइएको छ। घाइतेमध्ये ७८ वर्षीय वृद्ध र ३ वर्षीया बालिकाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी निरीक्षक पूर्ण बहादुर केसीको नेतृत्वमा खटिएको ९ जनाको टोलीले घटनास्थलमा पुगेर उद्धार गरेको थियो। 

अटो चालक शारदा नगरपालिका–६ का २५ वर्षीय अर्जुन डाँगी भने सकुशल रहेका छन्।

प्रहरीका अनुसार चालकसँग सवारी चालक अनुमति पत्र नभएको पाइएको छ। उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

घाइतेहरूको विवरण र अवस्था

१. टरबहादुर रेउले (७८ वर्ष): सिद्दकुमाख गा.पा.–१ (अवस्थाः गम्भीर)
२. सृष्टि बि.क. (३ वर्ष): बनगाड कुपिण्डे न.पा.–९ (अवस्थाः गम्भीर)
३. दीपक बि.क. (३५ वर्ष): सिद्दकुमाख गा.पा.–२ (अवस्थाः मध्यम)
४. रेशमबहादुर नेपाली (१९ वर्ष): शारदा न.पा.–११ (अवस्थाः मध्यम)
५. दीपक बि.क. (७ वर्ष): बनगाड कुपिण्डे न.पा.–९ (अवस्थाः मध्यम)
६. संगीता बि.क. (२३ वर्ष): बनगाड कुपिण्डे न.पा.–९ (अवस्थाः सामान्य)
७. कृष्णा बुढाथोकी (२३ वर्ष): दाङ बबई गा.पा.–६ (अवस्थाः सामान्य)
८. स्मृति बुढाथोकी (३ वर्ष): दाङ बबई गा.पा.–६ (अवस्थाः सामान्य)
९. धनि सुनार (३८ वर्ष): सिद्दकुमाख गा.पा.–२ (अवस्थाः सामान्य)
१०. पुष्पा सुनार (३९ वर्ष): सिद्दकुमाख गा.पा.–२ (अवस्थाः सामान्य)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad