आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि कर्णाली प्रदेशमा गठबन्धन गरेका नेकपा एमाले र नेपाली कांग्रेसले बुधबार राति छलफल गरेका छन्।
नेकपा एमालेका केन्द्रीय सचिव यामलाल कँडेलको रोहबरमा राष्ट्रियसभा निर्वाचका विषयमा कांग्रेसको प्रदेश कार्यालयमा दुई दलको बैठक बसेको हो।
बैठकले कांग्रेसका उम्मेदवार ललितजंग शाही र महिलातर्फ नेकपा एमालेकी उम्मेदवार मीनासिंह रखाललाई जिताउन कर्णाली प्रदेशका प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख, उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षलाई अनुरोध गर्ने निर्णय गरेको छ।
साथै मतदानका दिन समयमै मतदानस्थलमा उपस्थित हुन दुवै पार्टीका तर्फबाट पहल गर्ने निर्णय पनि गरिएको एमाले कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाहले नेपालखबरलाई जानकारी दिए।
बैठकमा एमालेबाट कर्णाली प्रदेश अध्यक्ष शाहसहित उपाध्यक्ष टेकराज पछाई, सचिव ध्रुवकुमार शाही र उपसचिव रवीन्द्रराज शर्मा सहभागी भएका थिए भने कांग्रेसका तर्फबाट प्रदेश सभापति ललितजंग शाही र महामन्त्रीद्वय कृष्णबहादुर रोकाय र निरञ्जन केसी उपस्थित थिए।
Shares

प्रतिक्रिया