कर्णाली


३१ वर्षमा सांसद भएका दैलेखका थापा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित

३१ वर्षमा सांसद भएका दैलेखका थापा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित

नेपालखबर
पुस १, २०८२ मंगलबार १५:३९, सुर्खेत

दैलेखका सुशीलकुमार थापा एमालेको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन्। पार्टीको ११औँ महाधिवेशन अन्तर्गत उम्मेदवारको अन्तिम नामावली अनुसार उनी केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका हुन्।

दैलेखको दुल्लु नगरपालिका घर भएका थापाले विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। 

युवा (४० वर्षमुनी) कलस्टरबाट प्रतिनिधि छनौट भएका उनी युवा कलस्टरबाटै पार्टीको केन्द्रीय कमिटिमा निर्वाचित भएका हुन्। पार्टीले पहिलोपटक ४० वर्षमुनिका युवाहरूलाई केन्द्रीय कमिटीमा स्थान दिने नीति लिएपछि थापाले उम्मेदवारी घोषणा गरेका थिए।

युवा खुलामा २ जनाको कोटामा बाजुराका नरेश रोकाया र थापाको उम्मेदवारी ओली समूहबाट परेको थियो। उक्त कोटामा इश्वर पोखरेल समूहबाट कसैको पनि उम्मेदवारी नपरेपछि दुवै जना केन्द्रीय कमिटी सदस्यमा सर्वसम्मत चयन भएका हुन्। 

थापा ३१ वर्षको उमेरमा कर्णाली प्रदेशसभाको सदस्यमा निर्वाचित भएका थिए। हाल एमालेको कर्णाली प्रदेशसभा सदस्य रहेका उनी २०५६ सालदेखि अनेरास्ववियुमा संगठित भएर राजनीतिमा सक्रिय छन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad