जुम्लामा माइक्रो बसमा यात्रा गरिरहेका युवक मृत फेला परेका छन्।
बुधबार राति साढे ८ बजे हिमा गाउँपालिका-१, आर्चाय गाउँका २२ वर्षीय गणेश रावत गुडिरहेको गाडीभित्रै मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार ती युवक मुगुबाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२००१ख ११८०० एसएलएम गाडीमा यात्रा गरिरहेका थिए।
जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविनबाबु रेग्मीले घरमा ओर्लिनुपर्ने बेलामा हेर्दा युवक मृत भेटिएको बताए।
उनले भने, 'गाडी मुगुबाट सुर्खेत जाँदै रहेछ। गाडी सानो भएकाले धेरै जनाले यात्रा गरिरनुभएको भन्ने बुझिएको छ। मृतकले मादक पदार्थ सेवन गरेका रहेछन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।'
पोस्टमार्टमका लागि युवकको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा राखिएको छ।
डीएसपी रेग्मीले मेडिकल रिपोर्ट आएपछि मात्र मृत्युको वास्तविक कारण थाहा पाइने बताएका छन्।
Shares

प्रतिक्रिया