कर्णाली


उद्योगीले बैंकलाई खोज्ने होइन, बैंकले उद्योगीलाई खोज्नुपर्छः मुख्यमन्त्री कँडेल

उद्योगीले बैंकलाई खोज्ने होइन, बैंकले उद्योगीलाई खोज्नुपर्छः मुख्यमन्त्री कँडेल

नेपालखबर
भदौ १२, २०८२ बिहिबार १९:३४, सुर्खेत

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नयाँ पुस्तालाई उद्यम व्यवसायमा आकर्षित गर्न बैंक तथा वित्तिय संस्थाहरूले आफ्ना नीतिमा सरलीकृत गर्नुपर्ने बताएका छन्। 

कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालले आज वीरेन्द्रनगरमा आयोजना गरेको  प्रदेशस्तरीय बैंक तथा वित्तिय संस्थाहरूसँको छलफल कार्यक्रममा मुख्यमन्त्री कँडेललले झन्झटिलो प्रक्रियाले उद्यमशिलता गर्ने चाहना हुँदाहुँदै पनि रोकिनुपरेको तर्फ बैंकहरूको ध्यानाकर्षण गराए। 

मुख्यमन्त्री कँडेलले कर्णालीबाट रोजगारीका लागि विदेशिने जनशक्तिलाई यहीँ कुनै उद्यम व्यवसाय संचालन गर्न सकिन्छ भन्ने सोचको विकास गराउने तर्फ बैंकहरूले वित्तिय साक्षरता चलाउनुपर्ने सुझाव दिए। 

उनले भने, ‘सेवाग्राही बैंक खोज्दै जाने होइन, तपाईंहरु सेवाग्राही खोज्दै जानुस्।’  

कँडेलले उद्यम व्यवसायमा जति लगानी बढायो त्यतिनै आर्थिक क्षेत्र चलाएमान हुने र रोजगारी  सृजना हुने हुँदा बैंकहरुले सेवाग्राहीको पहुँचलाई सरलीकृत बनाउनुपर्नेमा जोड दिए। 

उनले भने, ‘तपाईंहरुले यहाँ काम गर्नु भएको छ। बैंकका पनि आ–आफ्ना सीमाहरू होलान् तर नागरिकलले महशुस हुने सरलीकृत गर्ने काममा कमजोरी देखिन्छ।’ 

बैंकहरुले सम्पत्ति मूल्याकंनमा समेत विभेद गरेको आफूले सुनेको बताउँदै मुख्यमन्त्री कँडेलले लगानीको जोखिम नहुने गरि सम्पत्ति मूल्यांकनमा विभेद नगर्न बैंकहरूसँग आग्रह गरे। 

मुख्यमन्त्री कँडेलले विकास र समृद्धिको प्रशस्त सम्भावना भएपनि कर्णालीपछि परेको र बैंकहरूले यहाँ लगानी नीति बनाउँदा अरु प्रदेशसँग तुलना नगर्न पनि सुझाव दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad