कर्णाली


कर्णालीको अदुवा-बेसार विदेशी बजारमा रोजाइ

कर्णालीको अदुवा-बेसार विदेशी बजारमा रोजाइ

नेपालखबर
साउन २८, २०८२ बुधबार १३:१०, काँक्रेविहार (सुर्खेत)

आर्थिक वर्ष २०८१/८२ मा कर्णालीबाट ३ सय ६५ मेट्रिक टन सुकाइएको अदुवा र बेसार युरोपेली मुलुकमा निर्यात भएको छ। 

प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि अधिकृत पूर्णबहादुर थापाका अनुसार उच्च गुणस्तरीय अदुवा र बेसारलाई सुकाएर अन्तरराष्ट्रिय मापदण्डअनुसार प्रमाणीकरण गरी जर्मनी निर्यात गर्न थालिएको छ। 

सल्ल्यान, रुकुमपश्चिम र सुर्खेतको पूर्वी क्षेत्रमा उत्पादित अदुवा, बेसार सुर्खेतको छिन्चुमा रहेको ‘द अग्र्यानिक भ्याली’ले संकलन गरेर जर्मनीलगायत देशमा निर्यात हुँदै आएको अधिकृत थापाले बताए।

 कम्पनीले मकैको पीठो, दाल, सिमी, घिउ र सिस्नुको धुलोजस्ता अन्य अग्र्यानिक उत्पादन पनि प्रमाणीकरण गरी विदेश निर्यात गरिरहेको छ। मन्त्रालयकानुसार प्रदेश स्थापनाकालदेखि हालसम्म १८ अर्ब ४७ करोड रुपैयाँ बराबरको रकम कृषि क्षेत्रमा बजेट विनियोजन भएकामा १४ अर्ब बराबर रकम लगानी भइसकेको छ। 

मन्त्रालयले आव २०८१/८२ मा साना सिँचाइ निर्माण तथा मर्मतसम्भार शीर्षकमा सात सय ४७ वटा योजना निर्माण गरेको जानकारी दिएको छ। गत एक वर्षमा चार हजार ४४ स्याउका बिरुवा १९ हेक्टरमा र दुई हजार आठ सय २४ ओखरका बिरुवा २५ हेक्टरमा रोपिएको छ।

२० हजार १०० सुन्तला, १५ हजार ४०० कागती, २ हजार ओखर र १ हजार स्याउका बिरुवा रोपिएको छ। खाद्य सुरक्षा कार्यक्रममार्फत १० हजार स्याउ, १ हजार ९५० ओखर, ३ हजार २७० सुन्तला र दुई हजार लिचीका बिरुवा रोपिएको छन्।

खाद्य सुरक्षा तथा कृषि प्रसार कार्यक्रमअन्तर्गत उन्नत जातका २१ क्विन्टल धान, २२समावेश गरिएको छ। उक्त वर्ष २१.२९ मेट्रिक टनसागसब्जीका बीउ प्रमाणीकरण भएको थियो।रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad